२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सलमानलाई ज्यान मार्ने धम्की दिने २१ वर्षिय युवा पक्राउ

सोमवार , चैत्र १३, २०७९

मुम्बई, १३ चैत । 
बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् । मुम्बर्ई प्रहरीको एक अपरेशनमार्फत अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो । 

मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिदैछ । सलमान खानलाई केही दिन अघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एकसाता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठीक नभएको भन्दै फयानहरुलाई नभेटन पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।