
आइतवार , चैत्र १२, २०७९
भैरहवा, १२ चैत ।
नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उप–शाखाले आइतबार भैरहवामा मधुमेह (सुगर) तथा रक्तचाप (ब्लड प्रेसर) परीक्षण कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी १८ औं स्थापना दिवसको अवसर पारेर नमूना एकीकृत विकास परिषद् रुपन्देही (नमूना)को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको उपशाखा सचिव राजेश जि.सी.ले बताए । कार्यक्रममा एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको जि.सी.ले जानकारी दिए ।
त्यस्तै गत माघ २५ गते रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको ४७ औं अधिवेशनबाट सभापतिमा निर्वाचित दीपक क्षेत्री न्यौपाने, उपसभापतिमा रूपमा हिराचन, जिल्ला सदस्यमा निर्वाचित प्राध्यापक सुदर्शन प्रसाद नेपाल, महेन्द्र कुमार श्रेष्ठ र संजीव शर्मा रेग्मीलाई सम्मान गरिएको थियो ।
रेडक्रस सिद्धार्थ उप–शाखाका सभापति बसन्त कुमार लाल कर्णको सभापतित्व, जिल्ला शाखा रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, सिद्धार्थ उप–शाखाकी उप–सचिव सीता भट्टराईको स्वागत तथा सचिव राजेश जि.सी.को सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, समाजसेवी कृष्ण खनाल, टंक प्रसाद ज्ञवाली, भबिलाल पौडेल, लेखनाथ भट्टराई, नन्दलाल शर्मा, उपशाखाका सल्लाहकार शेष नारायण भण्डारी, सिद्धार्थ सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद बस्याल, नमूना एकीकृत विकास परिषदकी कार्यकारी निर्देशक ज्ञानु पौड्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा उप–शाखा सल्लाहकार सुजाता क्षेत्री, उप–सभापति, ललिता बछार चौधरी, कोषाध्यक्ष रामप्रसाद सापकोटा, उप–कोषाध्यक्ष खगेन्द्र शर्मा, सदस्य विनिता श्रेष्ठ, घनश्याम यादव लगायतको उपस्थिति रहेको थियोे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij