
आइतवार , चैत्र १२, २०७९
भैैरहवा, १२ चैत ।
मार्निङ क्रिकेट क्लबको आयोजनामा शनिबार एकदिवसीय सुपर सिक्स क्रिकेट प्रतियोगिता भैरहवामा सम्पन्न भएको छ । चारवटा टीमको सहभागीता भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सिंघम क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै आजाद क्रिकेट क्लबले जीत निकाल्दै उपाधि चुमेको हो ।
सिद्धार्थनगर–४ स्थित सुगर मिल खैलमैदानमा भएको प्रतियोगितामा भएको टस जितेर पहिला व्याटिङ गरेको आजाद क्लबले ६ ओभरमा १ विकेट गुमाउँदै ७४ रन बनायो । उसका लागि सहजादले १९, रामचरणले ३१ र रोहितले २१ रनको योगदान गरे ।
बलिङमा सिंघम क्लबका आकाशले १ विकेट लिए । जवाफमा सिंघमले ६ ओभरमा ४ विकेट गुमाउँदै ३६ रन बनयो । उसका लागि मुक्तिनाथ यादव (भोला)ले १५ र पवनले ११ बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा आजाद क्लबका रोहित र गौतमले २–२ विकेट लिए ।
प्रतियोगिताको बेष्ट ब्याट्सम्यान रोहित, बेष्ट बलर गौतम र म्यान अफ द म्याच रोहित घोषित भए ।
विजेता टीमले ५ हजार ४ सय नगद तथा बेस्ट बलर, ब्याट्सम्यान र मेन अफ द म्याचलाई मेडलसहित नगद रु. ५ सय र मेडल प्रदान गरिएको दामोदर शर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij