images

शुक्रवार, बैशाख ७ गते २०८१

द बिन्स एण्ड बारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

द बिन्स एण्ड बारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

images
images
images
शनिवार, चैत्र ११ २०७९
शनिवार, चैत्र ११ २०७९
  • द बिन्स एण्ड बारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    बुटवल, ११ चैत । 
    रगतको अभाव हुन नदिने उद्देश्यले बुटवलको कालिकानगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्त सञ्चार सेवा केन्द्र बुटवलसँगको सहकार्यमा द बिन्स एण्ड बार रेष्टुरेन्टले शनिवार रक्तदान कार्यक्रम गरेको हो ।

    images
    images
    images

    बुटवल–११ कालिकानगरस्थित रेष्टुरेण्टको प्रांगणमा आयोजित कार्यक्रममा ३३ युनिट रगत संकलन भएको आयोजकले जनाएका छन् । सो कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायत उपस्थित रहेको रेष्टुरेण्टका सञ्चालक द्वारिका ज्ञवालीले जानकारी दिए । 

    रगत दान भन्दा ठुलो दान अरू हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई प्रमाण–पत्रले सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij