images

शुक्रवार, बैशाख १४ गते २०८१

बुटवलमा १८८ औं आसाम राईफल्स् राईजिङ्ग डे मनाइयो

बुटवलमा १८८ औं आसाम राईफल्स् राईजिङ्ग डे मनाइयो

images
images
images
शनिवार, चैत्र ११ २०७९
शनिवार, चैत्र ११ २०७९
  • बुटवलमा १८८ औं आसाम राईफल्स् राईजिङ्ग डे मनाइयो

    बुटवल, ११ चैत । 
    भारतको सैनिक विभागको एक महत्वपूर्ण अंग मानिने आसाम राईफल्स्मा भर्ति भइ सेवा निवृत्त पेन्सनर भएका पूर्व सैनिकहरुको सम्मेलन तथा राईजिङ्ग डे बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी पूर्व सैनिकहरुले उर्जाशील जीवनका महत्वपूर्ण वर्षहरु आसाम रेजिमेन्टमा समर्पित गरेका पूर्व सैनिकहरुलाई पक्षपाती व्यवहार गरिएको भन्दै गुनासो गरेका छन् । 

    images

    जीवनको महत्वपूर्ण उमेर किशोर अवस्थादेखि युवा हुँदै वयस्क र कतिपय अवस्थामा वृद्धसम्म भारतको आसाम राईफल्स्मा कार्यरत भइ सेवा निवृत्त भए पनि भारत सरकारले गोरखा राईफल्स् तथा अन्य सैनिक सरह सेवा सुबिधा उपलब्ध नगराएको भन्दै गुनासो गरेका हुन् । आसाम रेजिमेन्टमा भर्ना भइ अन्य भारतीय सैनिक सरह नै कार्य गरेको हुनाले समान निवृत्तिभरण पेन्सन पाउनुपर्ने उनीहरुले माग गरेका छन् ।  

    आसाम राईफल्स् एक्स सरभिस्मेन बुटवल नेपालको आयोजनामा सम्पन्न भएको सो सम्मेलनमा ९८ वर्षिय पूर्व सैनिक हवल्दार तेजबहादुर थापासहित करिब १ दर्जनलाई उनीहरुले ईमान्दारीपूर्वक सैनिक जीवन बिताएको भन्दै सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पूर्व सैनिकहरु राईफलमेन ८६ वर्षिय रविलाल भुसाल, लेसनायक तुलबहादुर क्षेत्री, ८२ वर्षिय हवल्दार छविलाल थापा, ८३ वर्षिय सुवेदार लालबहादुर थापा, ८४ वर्षिय खिमबहादुर राना, ८१ वर्षिय राईफलमेन उद वहादुर सुनार र सैनिक परिवारबाट ९० वर्षिय सावित्री दर्लामी थापा रहेको पूर्व अध्यक्ष हवल्दार छविलाल पुनले जानकारी गराए । 

    कार्यक्रममा अध्यक्ष सुबेदार मेजर रामबहादुर कार्की, सुबेदार योजन बहादुर थापा, वेलफेयर अफिसर उमानन्द उपाध्याय, सचिव उमाकान्त खड्का, सल्लाहकार धनबहादुर खनाल लगायतले अन्य भारतीय सैनिक सरहको सेवासुविधा पाउनु पर्ने माग गरेका थिए । आसाम रेजिमेन्टस्का पेन्सनरहरु लामो समयदेखि अन्य रेजिमेन्टका भारतीय सैनिकले पाउने गरेको सेवा सुविधाबाट वञ्चित रहदै आएका छन् । हाल लुम्बिनी प्रदेशमा आसाम राईफल्स्बाट सेवा निवृत्त सैनिकहरुको संख्या करिब ३ हजार रहेको अध्यक्ष कार्कीले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij