२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ट्रष्ट मि फेन्सी पसलमा आगलागी , ५० लाख बढीको क्षति 

शनिवार , चैत्र ११, २०७९

भैरहवा, ११ चैत । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित मधवलियामा रहेको एक फेन्सी पसलमा आगलागी भएको छ । तिलोत्तमा–१५ मधवलियास्थित सिद्धार्थ फर्मास्टिकल अगाडि रहेको ट्रष्ट मि नामक फेन्सी पसलमा आगलागी भएको हो । 

हिजो शुक्रबार सांझ साढे ७ बजेतिर भएको आगलागीका कारण पसलमा रहेको कपडा तथा कस्मेटिकका सामान जलेर काम नलाग्ने अवस्थामा पुगेको सञ्चालक ज्योती कुमारी श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार पसलमा रहेको एसी, टिभी, साउण्ड सिस्टम लगायतका अन्य सामग्री पनि जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् । 

WhatsApp Image 2023-03-25 at 8.55.58 AM.jpeg
WhatsApp Image 2023-03-25 at 8.55.59 AM.jpeg


आफूले साझ ७ बजे पसल बन्द गरेर गएको र साढे ७ बजेतिर आगलागी भएको जानकारी पाएको र त्यसपछि प्रहरी तथा दमकललाई खबर गरिएको उनले जानकारी दिइन् ।

पसलमा भएको आगलागीलाई तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाबाट आएका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । 

WhatsApp Image 2023-03-25 at 7.54.33 AM.jpeg


आगलागीबाट ५० लाख बढीको क्षति भएको सञ्चालक श्रेष्ठले जानकारी दिइन् । उनले बिजुली सट भएर आगलागी भएको हुन सक्ने बताइन् । आगलागीबाट घरमा पनि क्षति पुगेको छ ।