
शुक्रवार , चैत्र १०, २०७९
काठमाडौ । वसन्त कुँवर नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरीक्षक (आइजिपी) बनेका छन्।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो। उनी सोमबार मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए।
कुँवरले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै आइजिपी बन्न सफल भए । आइजिपीको लागि उनीसँगै एआइजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आइजीपी बनाउन सक्ने उल्लेख छ। सोही योग्यताका आधारमा कुँवर आइजिपी बन्न सफल भए।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij