images

शुक्रवार, बैशाख १४ गते २०८१

विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा भैरहवामा प्रभातफेरी

विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा भैरहवामा प्रभातफेरी

images
images
images
बिहिवार, चैत्र ९ २०७९
बिहिवार, चैत्र ९ २०७९
  • विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा भैरहवामा प्रभातफेरी

    भैरहवा, ९ चैत ।
    विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा बिहीबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा प्रभातफेरी निकालिएको हो । ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरीमा रण अम्बिका शाह आँखा अस्पतालमा कार्यरत तथा लुम्बिनी प्रदेशका दृष्टि विशेषज्ञ तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    images

    अस्पतालबाट सुरु भएको प्रभातफेरी देवकोटा चोक, बैंकरोड, निर्वाणा होटल हुँदै पुनः अस्पतालमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    सो अवसरमा बोल्दै डा. अमित केसीले आँखामा सानो हेलचेक्रयाई गर्दासमेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने बताए । 

    त्यस्तै लुम्बिनी प्रदेश दृष्टि विशेषज्ञ संघका अध्यक्ष प्रभात जि.सी.ले आँखामा घाउ हुँदा तथा मोतीयाविन्दु हुँदा मानिस डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने बताए । उनले मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसले आँखाको उपचार नियमित रूपमा गर्नुपर्ने बताए ।

    कोणसभामा विश्वास भण्डारी, हिरा शाह, सुजल भण्डारी लगायतले बोल्दै मानिसलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताए । सोही अवसरको उपलक्ष्यमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पतालमा उपचारका लागि आएका आँखाका बिरामीहरुलाई लक्षित गरी आँखा स्वास्थ्यसम्बन्धि जनचेतनामूलक कार्यक्रम समेत आयोजना भएको थियो । उक्त कार्यक्रामा उपस्थित ४० जना सहभागीहरुले आँखा दान गर्ने घोषणा गर्नुभएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।

    WhatsApp Image 2023-03-23 at 11.44.11 AM.jpeg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij