सोमवार, जेठ १५ गते २०८०

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी, अध्यक्षमा न्यौपाने

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी, अध्यक्षमा न्यौपाने

images
images

खबर पात्रो

९, चैत्र २०७९
  • 865
    SHARES
  • भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी, अध्यक्षमा न्यौपाने

    भैरहवा, ९ चैत ।
    रुपन्देहीको भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ । कुनै पनि विद्यार्थी संगठनसँग सहकार्य नगरी एक्लै निर्वाचनमा उत्रेको अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।

    बुधबार सम्पन्न निर्वाचनमा स्ववियु अध्यक्ष (सभापति) मा अनेरास्ववियुका सागर न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत हुन् । उनले ५५१ मत लिएर विजयी भए । उनका प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का मनिष ढकालले ३९८ मत प्राप्त गरे ।

    images

    त्यस्तै सचिवमा अनेरास्ववियुकै शनि कलवारले ४५०, कोषाध्यक्षमा मनोज पन्थले ५४५ मत पाएर निर्वाचित भए । त्यसै गरी सदस्यहरुमा आशिष पन्थ, स्वेता कुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोज कुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएपछि भैरहवा बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार निर्वाचन भएको हो । सदस्यमा निर्वाचित हरिजन २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेकोतर्फबाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा वडा सदस्यको उम्मेदवार भएकी थिइन् । 

    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - २०:५९:४२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend