२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

सिटी हस्पिटलद्वारा सियारी गाउँपालिकाका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सुचारू

बिहिवार , चैत्र ९, २०७९

भैरहवा, ९ चैत ।
सिद्धार्थनगर सिटी हस्पिटलले सियारी गाउँपालिकाका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सुचारू गरेको छ । अस्पतालले हरेक बुधबार सियारी र मायादेवी गाउँपालिकाका विभिन्न स्थानबाट निःशुल्क बस सेवा शुरू गरेको हो ।

sity bib.jpg


निःशुल्क बस सेवाको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले उद्घाटन गरे । उनले निशुल्क बस सेवाले रकमको अभावमा अस्पतालसम्म पुग्न नसक्ने बिरामीको लागि ठुलो राहत मिलेको बताए । 

अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बिरामीको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरू गरेको बताए । उनले अस्पताले नाफा कमाउने भन्दा पनि सेवामूलक कार्यमा बढस् जिम्मेवार रहेको बताए ।