२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमामा गुटखा विक्री गरेको फेला परे ५० हजारसम्म जरिवाना

बिहिवार , चैत्र ९, २०७९

बुटवल, ९ चैत । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा गुट्खाजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ । गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भिर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा विक्रीमा प्रतिबन्ध लगाउँदै गुटखा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ । उनका अनुसार नगरपालिकाभित्र गुटखा विक्री गरेको पाइएमा पहिलोपटक डिलर व्यवसायीलाई १० हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ । 

त्यसै गरी, अन्य व्यवसायीलाई पहिलोपटक कारवाहीस्वरुप १ हजार ५ सय, , दोस्रोपटकमा ३ हजार र तेस्रो पटकमा ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशाशकीय अधिकृत अर्यालले जानकारी दिए ।