
मंगलवार , चैत्र ७, २०७९
भैरहवा, ७ चैत ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा शनिबार भैरहवामा भएको ‘प्रथम लायन्स कर्पोरेट फुटसल प्रतियोगिता’को उपाधि सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले जितेको छ । फाइनल खेलमा महालक्ष्मी बैंक लिमिटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै संघले प्रतियोगिताको उपाधि जितेको हो । विजेता र उपविजेता टीम, उत्कृष्ट खेलाडी र टप स्कोरर खेलाडीहरुलाई शुभ सौभाग्य टे«डिङ प्रा.लि.का प्रबन्ध निर्देशक विष्णु शर्मा, लायन्स डिष्ट्रिक ३२५ पी एरिया ५ का चिफ संगम न्यौपाने, लायन्स सिद्धार्थनगर युथका पूर्वअध्यक्ष धिरज मल्लिक, असिम सैंजुलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको विजेता टीमलाई नगद रु. १५ हजार र उपविजेतालाई रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सन्देश शाक्यले बताए ।
प्रतियोगिताको उद्घाटन लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ पी का संस्थापक गभर्नर नवराज न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दै न्यौपानेले लायन्स सिद्धार्थनगर युथले सामाजिक कार्यसँगै रचनात्मक कार्य गर्दै आएको बताए । कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष गौतम गुप्ता, एभरेष्ट बैंक भैरहवा शाखाका प्रबन्धक ध्रुव आचार्यले खेलकुदको महत्वको बारेमा बोलेका थिए ।
प्रतियोगितामा आयोजकसहित ८ वटा टीमको सहभागीता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब अफ सिद्धार्थनगर युथ, महालक्ष्मी विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभु बैंक, एनएमबी बैंक, भीम अस्पताल र सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीको सहभागीता रहेको थियो ।
आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिइने लायन्स सिद्धार्थनगर युथका अध्यक्ष अनित कुमार गुप्ताले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक महावली ट्रेडिङ, सह-प्रायोजक शुभ सौभाग्य ट्रेडिङ प्रा.लि., स्पो, ट्रेड, पञ्चकन्या खाद्य भण्डार, हस्पिटालिटी पार्टनर जैसवाल सेवा समिति, कुटुम्ब होम्स प्रा.लि., मिडिया पार्टनर खबरपात्रो डट कम र ब्लास्ट भिजन तथा सहयोगी संस्था ग्लोबल आई.एम.ई बैंक, ज्योति विकास बैंक, सिद्धार्थ रिफाइनिरी एण्ड सलभेन्ट इण्डष्ट्रिज प्रा.लि., पर्वत ज्वलेर्स, वाइवोएलओ ड्रिन्कीङ वाटर, शुभलक्ष्मी ज्वलेर्स, काशी सिनेप्लेक्स प्रा.लि., प्रभु बैंक, विप्सना फर्टुलिटी सेन्टरलाई सम्मान गरिएको आयोजकले जनाएका छन् । क्लबका सह–सचिव हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij