२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कांग्रेसलाई अब कुनै गल्ती गर्ने छुट छैन : शेखर कोइराला

मंगलवार , चैत्र ७, २०७९

काठमाडौं, ७ चैत ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलबार काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताए ।

नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमीकमजोरी नेपाली कांग्रेसबाट हुनु नहुने बताए । उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उल्लेख गरे । नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने बताए ।