images

शुक्रवार, बैशाख ७ गते २०८१

स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ बजेदेखि मतदान

स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ बजेदेखि मतदान

images
images
images
मंगलवार, चैत्र ७ २०७९
मंगलवार, चैत्र ७ २०७९
  • स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ बजेदेखि मतदान

    भैरहवा, ७ चैत ।
    रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार (भोलि) स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएपछि भोलि निर्वाचन हुने क्याम्पसले जनाएको छ । बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन (मतदान) मा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिइ आउने विद्यार्थीलाई सहभागी गराइने निर्वाचन अधिकृत इन्द्रबहादुर विश्वकर्माले बताए । उनकाअनुसार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्न सकिनेछ ।

    images
    images
    images

    निर्वाचनमा सभापतिको लागि ९ जना चुनावी मैदानमा होमिएका छन् । नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, जनमत विद्यार्थी संघ, स्वतन्त्र मधेशी विद्यार्थी युनियन र समाजवादी विद्यार्थी संघको संयुक्त प्यानल बनेको छ भने एमाले निकट अनेरास्ववियु, एकीकृत समाजवादी निकट अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी) एकल प्यानलसहित निर्वाचनमा जानेको छ । त्यस्तै २ जनाले सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    वि.सं. २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपूर्ण र पुरानो क्याम्पसको रुपमा परिचित छ । २०२५ साल भदौ ४ गते पब्लिक क्याम्पसका रूपमा स्थापना भएको तत्कालीन सिद्धार्थ कलेज रुपन्देहीको पहिलो क्याम्पस पनि हो ।

    २०३० सालमा देशमा नयाँ शिक्षा लागू भएसँगै सिद्धार्थ कलेजबाट त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भएको उक्त क्याम्पस हाल भैरहवा बहुमुखी क्याम्पसका नामले परिचित छ । ३ हजार २ सय २९ जना मतदाता रहेको भैरहवा बहुमुखी क्याम्पसको निर्वाचनलाई दलहरुले पनि महत्वका साथ हेरिरहेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij