२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

इन्द्रेणिद्वारा आधारभुत स्वास्थ्यबारे जानकारी 

मंगलवार , चैत्र ७, २०७९

भैरहवा । ईन्दे्रणि ग्रामिण बिकास केन्द्र रुपन्देहीले आधारभुत स्वास्थ्य परियोजनाबारे जानकारी दिएको छ । 

ईन्द्रेणिले सियारी गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु पालिकाभित्र स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकको अबस्थाबारे जानकारी गराएको थियो । 

ईन्द्रेणिले कसैलाई पनि पछि नछोडौ भन्ने परियोजना अन्तरगत स्वास्थ्यको पहुँचमा नपरेका, रोगको उच्च जोखिम र सिमान्तिकृत समुदायको पहिचान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फायरमेडका गुणस्तर सुधार अनुगमन विशेषज्ञ विपिन थापाले जानकारी दिए । 

उनले गरिवि, अशिक्षा, दर्गम क्षेत्रका कारण बालमृत्युदर बढ्दो मात्रामा रहेको उल्लेख गर्दै पहिचान गरेर स्वास्थ्यको पहुचमा ल्याउनु पर्ने बताए । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे तथा प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले वडा वडाबाट स्वास्थ्यको वास्तविक अबस्था बुझ्दै परियोजनाले आबश्यक काम गर्नु पर्नेमा जोड दिए ।