images

शुक्रवार, चैत्र १६ गते २०८०

रोहिणीमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पाँचदिने तालिम सम्पन्न

रोहिणीमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पाँचदिने तालिम सम्पन्न

images
images
images
मंगलवार, चैत्र ७ २०७९
मंगलवार, चैत्र ७ २०७९
  • रोहिणीमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पाँचदिने तालिम सम्पन्न

    भैरहवा, ७ चैत ।
    प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर–३, रुपन्देहीको आयोजना तथा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा रोहिणी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चालित पाँचदिने तालिम सम्पन्न भएको छ । 

    images
    images
    images

    चैत २ गतेदेखि रोहिणी–३ स्थित धकधईमा सञ्चालित सामुदायिक स्वास्थ्य स्वयंसेविका आधारभूत रोग निगरानी र नेतृत्व विकासमा आधारित तालिम सोमबार सम्पन्न भएको हो । तालिममा ४० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागीता रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए ।

    तालिम समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तालिम निकै राम्रो तरिकाले सम्पन्न भएको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाले सिकेको कुरा जनताको लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यहाँहरुले सिकेका कुरा कति व्यवहारमा लागू गर्नु हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । ’

    प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोभिड–९ को बेला स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । उनले प्रतिष्ठानसँग सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

    त्यस्तै रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले महिला स्वास्थ्य स्वयंसेविकाले गाउँ, घर, टोलमा पुगेर नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको बताए । उनले दिनरात खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधाबारे सरकारले पनि खासै ध्यान दिन नसकेको गुनासो गरे । उनले रोहिणी गाउँपालिकाले केही रकम थप गरेको बताए । उनले भने, ‘समय समयमा यस्ता तालिमहरु आयोजना गर्नुपर्छ । महिला स्वास्थ्य स्वयंसेविकाको थप सेवासुविधाका लागि आफ्नोतर्फबाट पहल गर्छु । ’ उनले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोभिड–१९ को बेला रोहिणी गाउँपालिकामा विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

    स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्स अधिकृत तथा तालिमको प्रमुख प्रशिक्षक कालिका भण्डारीले रोहिणी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरेर तालिम आयोजना गरेको बताइन् । उनले तालिममा सहजीकरण गर्ने मौका दिने प्रतिमान–नीमा स्मृति प्रतिष्ठान तथा तालिमको सहयोगी संस्था अमेरिका नेपाल मेडिकल फाउण्डेशनलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘तालिममा सहभागी भएका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूले सिकेका कुरा समुदायमा सिकाउनुपर्छ ।’

    प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले महिला स्वास्थ्य स्वयंसेविका समुदायको नेतृत्वकर्ता भएकाले आफूले सिकेका कुरा समुदायमा सिकाउनुपर्ने बताइन् । उनले आगामी दिनमा पनि अझ प्रभावकारी तालिम सञ्चालन गर्ने बताइन् । कार्यकारी निर्देशक थापाले अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगले तालिम आयोजना गर्न सफल भएको बताइन् । उनले भनिन्, ‘महिला स्वास्थ्य स्वयंसेविकालाई सामुदायिक स्वास्थ्य, स्वासप्रस्वाससम्बन्धि जानकारी तथा जनचेतना, खानेपानी, सरसफाई, स्वच्छतासम्बन्धी जानकारी दिने उद्देश्यले तालिम (प्रशिक्षण)को आयोजना गरिएको हो । ’ उनले वायू प्रदुषणका कारण विभिन्न रोग फैलिने भएकाले तालिममा यसबारे पनि जानकारी दिइएको बताइन् । कोरोना महामारीको बेला प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले विभिन्न तालिमको आयोजना गरेको उनले जानकारी दिइन् । त्यस्तै प्रतिष्ठानले विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले बताइन् ।

    सहभागीकोतर्फबाट बोल्दै महिला स्वास्थ्य स्वयंसेविका पदमा खत्रीले आफूहरुले सिकेका कुराहरु गाउँघरमा पुगेर सिकाउने बताइन् । उनले आगामी दिनमा पनि यस्तो तालिम आयोजना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् ।

    त्यस्तै गीता देवी चौधरीले तालिमले अझ अगाडी बढ्न सहयोग गर्ने बताइन् । उनले भनिन्, त‘ालिममा सहभागी भएर थाहा नभएका कतिपय कुराहरु जानकारी पायौं ।’

    IMG_1901.JPG

    प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाको अध्यक्षता, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका कार्यक्रम संयोजक ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij