सोमवार, जेठ १५ गते २०८०

भानु माविको अध्यक्षमा पुनः फैज अहमद खान

भानु माविको अध्यक्षमा पुनः फैज अहमद खान

images
images

खबर पात्रो

६, चैत्र २०७९
  • 2.4K
    SHARES
  • भानु माविको अध्यक्षमा  पुनः फैज अहमद खान

    भैरहवा, ६ चैत ।
    श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समिति सिद्धार्थनगर–९, रुपन्देहीको अध्यक्षमा पुनः फैज अहमद खान चयन भएका छन् । शनिबार सम्पन्न विद्यालयको अभिभावक भेलाले व्यवस्थापन समितिको सदस्यमा फैज अहमद खान, राम सेवक चौधरी (कुर्मी), प्रियंका कहार र रेखा हरिजनलाई चयन गरेको थियो । चार जना सदस्यहरुको बैठकले अध्यक्षमा खानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यमा दिलिप कुमार यादव र लक्ष्मी पाण्डे मनोनित भएका छन् । त्यस्तै समितिको पदेन सदस्यमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, सदस्य सचिवमा प्रधानाध्यापक मोतीलाल सुवेदी, शिक्षक प्रतिनिधिमा पवित्रा कोइराला र सल्लाहकारमा राम मिलन यादव चयन भएका छन् ।

    images

     

    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - २१:४४:१६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend