२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेपाल–भारत सिमा खोल्न माग गर्दै नवलपरासीमा प्रदर्शन

सोमवार , पौष २०, २०७७

परासी, २० पुस । 
नेपाल–भारत सिमा बन्दको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ । कोभिड–१९ को नाममा सरकारले लम्ब्याउदै गएको सिमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) नवलपरासीले विरोध प्रदर्शन गरेको हो । 
कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखि बन्द गरिएको नेपाल भारत सिमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको हो ।

सिमा खुलाउन सरकारलाई दबाब दिन पार्टीले महेशपुर चोकबाट विरोध ¥याली निकाली महेशपुरस्थित मुल नाकामा कोणसभामा परिणत भएको थियो । जसपा जिल्ला अध्यक्षद्वय धरेन्द्र यादव, मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेसपुर चोकबाट निकालिएको विरोध ¥यालीमा नाका खोल्न, कोरोेनाको भ्याक्सिन उप्लब्ध गराउन लगायतका विभिन्न नाराबाजी गरिएको थियो ।

कोणसभामा जसपाका केन्द्रिय सदस्य सतरजीत यादव, उर्मिलादेवी पाण्डे, लक्ष्मी गुप्ता, मुन्नालाल गुप्ता, जिल्ला अध्यक्षद्वय धरेन्द्र यादव, मुकुरजी गिरी, पार्टी सचिव एवं प्रवक्ता रामज्ञा पाण्डे लगायतले कोभिड–१९ को बहानामा सिमाबन्दलाई न लम्ब्याइ तत्काल खोल्न माग गरेका थिए । 

वक्ताहरुले, सिमा बन्दले सिमावर्ती उपभोक्ता भारतीय बजार गइ किनमेल गर्न नपाउने र आ–आफ्नो आफन्तलाइ भेट्नबाट पनि वञ्चित भइरहेकोले जिल्लाका सिमा खोल्न माग गरेका हुन् । केही स्थानीय जनताहरु आ–आफ्नो आवश्यकता पूरा गर्न लुकिछिपी भारत प्रवेश गरि आवश्यक सरसमान किनमेल गरी फर्किदा सुरक्षाकर्मीहरुबाट दुव्र्यवहार हुने र कठिनाइ हुने गरेको स्थानीय जनताले जनगुनासो गरेपछि जसपाले जिल्लाका नाकाहरु खुलाउन दबाबका लागि बिरोध प्रदर्शन गरेको पार्टी प्रवक्ता रामज्ञा पाण्डेले जानकारी दिए । 

नेपालमा सहजै नपाउने औषधि उपचार, बिउबिजन मलखाद, खाद्यान्न र घरायसी सरसामानहरु भारतबाट ल्याउन कठिनाइ भइरहेकोले तत्काल सिमा खोल्न स्थानीयस्तरबाट माग पनि उठिरहेको छ ।134693015_251817999632566_4368292927569994819_n.jpg