images

बिहिवार, बैशाख ६ गते २०८१

जनउत्थानद्वारा महिला उद्यमीलाई सम्मान

जनउत्थानद्वारा महिला उद्यमीलाई सम्मान

images
images
images
सोमवार, चैत्र ६ २०७९
सोमवार, चैत्र ६ २०७९
  • जनउत्थानद्वारा महिला उद्यमीलाई सम्मान

    भैरहवा, ६ चैत ।
    जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीले महिला उद्यमीलाई सम्मान गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर  महिला उद्यमीलाई सम्मानका साथै एकदिने महिला सशक्तिकरण क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

    images
    images
    images

    संस्थाको प्रधान कार्यालय कोटिहवामा आयोजित कार्यक्रममा कार्यक्रममा अधिकतम मोबाइल बैंकिङ एप प्रयोगकर्ताको रुपमा ६ जना महिलाहरु गंगा खड्का थापा, धना कुमारी खत्री, दिलमाया पुन, जुना कुमारी जैसी,अनु लम्साल र देवकला भण्डारी तथा ४ जना सफल उद्यमीहरु दुर्गा कुमारी भण्डारी, पाल कुमारी राना, गीता चौधरी र शान्ति कुमारी थारुलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष पौड्यालले जानकारी दिइन् । संस्थाकी कोषाध्यक्ष विष्णु माया कुवरको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा सम्पन्न तालिम कार्यक्रमको सहजीकरण अध्यक्ष ज्ञानु पौड्यालले गरेकी थिइन् ।

    336025197_1974553509548944_5123216998046789045_n.jpg

    कार्यक्रममा ओमसतिया गाउँपालिका–१ स्थित खुन्साका स्व. राम बहादुर गुप्ताको हकवालालालाई दुर्घटना बीमा अन्तर्गत रु. ५ लाख र ऋण बीमा अन्तर्गत रु. १० लाख गरी १५ लाख हस्तान्तरण गरिएको थियो ।

    त्यस्तै तिलोत्तमा–१३ मडाहाका स्व. शिवकुमार थारुको हकवालालाई दुर्घटना बीमा अन्र्तगत रु. ५ लाख रुपैयाँ प्रदान गरिएको सहकारीले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij