२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

सोमवार , चैत्र ६, २०७९

भैरहवा, ६ चैत । यज्ञोदय दुधानाथ थारु बहुमुखी क्याम्पस, रुपन्देहीको स्ववियु सभापतिमा महेश चौधरीसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । चौधरीले ४०३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त उम्मेदवार समुन्द्र बगाले रेग्मीले १८१ मत प्राप्त गरे ।

सचिवमा आदेश राना ३९० मत प्राप्त गरी विजयी भएका छन् । संयुक्त प्यानलको तर्फबाट सचिवका उम्मेदवार अखिल ढकालले १८७ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा रामनाथ यादव ३५५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा आनन्द तिवारी, सागर सारु मगर, हरि प्रसाद खनाल, निशा देवी थारु र राजन खनाल निर्वाचित भएको निर्वाचन समिति संयोजक भिम प्रसाद सापकोटाले बताए । संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै एक्लै प्रतिष्पर्धामा उत्रिएको नेविसंघको प्यानल नै निर्वाचित भएको नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले बताए । ६८५ जना विद्यार्थी अध्ययनर रहेको यज्ञोदय दुधानाथ थारु बहुमुखी क्याम्पसमा ५९१ मत खसेको थियो ।