आइतवार , चैत्र ५, २०७९
बुटवल, ५ चैत ।
प्याडलेक्स गल्ड ह्वील्स अन्र्तगत बुटवलमा कार्यक्रम गरिएको छ । महिला सशक्तिकरणको लागि दुई पांग्रे सवारीसाधन चलाउने महिलाहरुको सहभागीतामा यो कार्यक्रम गरिएको हो ।
राउण्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालले महिला सशक्तिकरणको सन्देश फैलाने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बुटवल टाईर्गस राउण्ड टेबल २८ का अध्यक्ष उमेश अमात्यले बोल्दै महिलाहरु पनि समाजमा उदाहरणीय कार्य गर्न सफल भएको बताए ।
संयोजक सुमित वझाले पहिलोपटक महिलाहरुको लागि ‘गल्स अन ह्वील्स’ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । जसमा उत्साहजनक रुपमा महिलाहरुको सहभागीता रहेको थियो ।
ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना भएको प्रतियोगिता बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अन्तिम विन्दुमा पुग्ने उत्कृष्ट ३ सहित सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको छ ।
कुल १ सय ६ जना महिला सहभागीता रहेको प्रतियोगितामा सर्मिला श्रेष्ठ र प्रतिक्षा श्रेष्ठको जोडी प्रथम भएका छन् । त्यस्तै द्वितीय स्थान पवित्रा राना र हेमा थापाले प्राप्त गरेका छन् । त्यस्तै तृतीय स्थानमा मीना खाम्चा र प्रजिता खाम्चा भएका थिए । उनीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij