२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

साई ग्लोबलमा विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

आइतवार , चैत्र ५, २०७९

भैरहवा, ५ चैत ।
साई ग्लोबल माध्यमिक विद्यालय सिद्धार्थनगर–८ रुपन्देहीका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १० मा अध्ययनरत तथा यही चैत १७ गतेदेखि एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई विदाई गरेका छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा साहिमा चाईको अध्यक्षता, व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर थापाको प्रमुख आतिथ्यता तथा प्राचार्य कौशलराज गौतमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सह–प्राचार्य विष्णु पाण्डे, विद्यालय संयोजक, दीपक सापकोटा शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरुसहित २ सय जनाको उपस्थिति थियो । 

साई ग्लोबल नर्सरीदेखि स्नातक सम्म अध्यापन गराउने संस्था भएको र अधिकांश विद्यार्थीहरू ११ र १२ पनि यसै संस्थामा विज्ञान तथा व्यवस्थापन विषयको अध्ययान गर्ने भएकाले यस कार्यक्रमलाई विदाई कार्यक्रम नभनी शुभकामना ज्ञापन ‘वेस्ट विसेस’ कार्यक्रम भनिएको कुरा कौशलराज गौतमले बताए । कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।