२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

युनिक होम्सले मनायो २९ औं वार्षिक उत्सव

आइतवार , चैत्र ५, २०७९

भैरहवा, ५ चैत ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईमा अवस्थित युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूलले २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार विद्यालयमा आयोजित वार्षिक उत्सव समारोहमा कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले युनिक होम्समा अध्ययन गरेका विद्यार्थीहरु उच्च ओहोदामा पुग्न सफल भएको बताए ।

त्यस्तै रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले युनिक होम्स पठनपाठनसँग खेलकुदमा पनि अगाडि रहेको बताए ।
विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक मातृका प्रसाद यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताए । उनले अभिभावकको सल्लाह सुझाव अनुसार अघि बढेको बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवले विद्यार्थीको भविष्यको लागि विद्यालय र अभिभावक मिलेर अघि बढनुपर्ने बताए । 

कार्यक्रममा रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, विद्यार्थीहरु रोशन उपाध्याय, सिर्जना उपाध्याय लगायतले बोल्दै शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थी, शिक्षक लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती गरेका थिए ।