भैरहवा, ४ चैत ।
जेसीआई सिद्धार्थ, नेपालले संस्कृत विद्यापीठमा खाद्यान्न प्रदान गरेको छ । जेसीआई सिद्धार्थ, नेपालले तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरस्थित श्री दुर्गा संस्कृत वेद वेदान्त विद्यापीठमा खाद्यान्न प्रदान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यापीठलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरिएको जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष मनोज भण्डारीले जानकारी दिए । उनले विद्यापीठको आग्रहमा १ क्वीन्टल चामल, २५ केजीका दरले दाल, चना, सोयाबीन, आटा, चिउरा, २० केजी चिनी, चियापत्ति, नुन, ३० लिटर खाने तेल, ५ केजी घ्यु, ९० केजी आलु, चार कार्टुन चाउचाउ, एक बोरा भुजा र ९ प्याकेट फुरनदाना प्रदान गरिएको बताए ।
अध्यक्ष भण्डारीले जेसीजले समाजसेवाका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउँदै जेसीजको मुल उद्देश्य नेतृत्व र व्यक्तित्व विकासका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
जेसीजले ४५ हजार बराबरको खाद्यान्न्न सामग्री विद्यापीठका अध्यक्ष चन्द्रमणी पौडेललाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक हरिष सेठियाले जानकारी दिए ।
जेसीआई सिद्धार्थ नेपाल वर्ष १९९० का अध्यक्ष जेसीआई सिनेटर सुदर्शन प्रसाद नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक हरिश सेठियाको स्वागत तथा महसचिव हरिलाल जयसवालले सञ्चालन गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालले जेसीजले नेतृत्व र व्यक्तित्व विकासका साथसाथै सामाजिक सेवाका कार्यमा पनि महत्वपूर्ण योगदान पुर्याएको भन्दै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।