images
images

बुधवार, जेठ २ गते २०८१

सिसासको अध्यक्षमा शशि पन्थी

सिसासको अध्यक्षमा शशि पन्थी

images
images
images
आइतवार, पौष १९ २०७७
आइतवार, पौष १९ २०७७
  • सिसासको अध्यक्षमा शशि पन्थी

    भैरहवा, १९ पुस । 
    सिर्जनशील साहित्यिक समाज (सिसास) को १७ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले शशि पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।  जसको उपाध्यक्षमा कमल पोख्रेल, सचिवमा अनुराधा ढकाल, सह–सचिवमा विष्णु प्रसाद गजुरेल र कोषाध्यक्षमा धनबहादुर गहतराज निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा राजेश चौधरी, सरु ज्ञवाली, सिर्जना खनाल, भविश्वर पंगेनी र घनश्याम विश्वकर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक हृदय लेकालीले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा सचिव कमल पोख्रेलले सचिवको प्रतिवेदन, उपाध्यक्ष धनबहादुर गहतराजले कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष शशि पन्थीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    संस्थापक अध्यक्ष सुरज घिमिरे दीपशीखाको प्रमुख आतिथ्यता, स्रष्टा गंगा लिगलको विशिष्ट आतिथ्यतामाभएको भएको कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाकारहरु नारायण प्रसाद भण्डारी, छवि ज्ञवाली, तेज प्रसाद पन्थ, छविलाल न्यौपाने र सुवास रिजालले बोलेका थिए । नयाँ कार्यसमिति २ वर्षका लागि चयन भएको र संस्थाको पहिलो बैठकले ३ जना नयाँ सदस्य मनोनित गरी १३ सदस्यीय कार्यसमिति रहने नवनिर्वाचित उपाध्यक्ष कमल पोख्रेलले बताए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij