आइतवार, चैत्र १२ गते २०७९

स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

images
images

खबर पात्रो

४, चैत्र २०७९
  • 161
    SHARES
  • स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, ४ चैत ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । सोहीक्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ ।

    images

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १८:५७:२७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend