२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

चिनियाँ धर्मगुरुसहितको टोलीद्वारा लुम्बिनी भ्रमण 

शुक्रवार , चैत्र ३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • लुम्बिनी, ३ चैत ।
    लुम्बिनी विकास कोषले चिनियाँ धर्मगुरुसहितको टोलीलाई शुक्रबार लुम्बिनीमा स्वागत गरेको छ ।  इन्टरनेश्नल बुद्धिष्ट सेन्टरको नेतृत्वमा बुुद्ध जन्मस्थल आएको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्विचरण) ले शान्तिदीपमा स्वागत गरेका हुन् । बुद्धिष्ट सेन्टरका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेवार्ड, चिनका धर्मगुरु छ्याङ पिङसहितको ४० जनाको टोलीले लुम्बिनी भ्रमण गरेका हुन् । 

    भ्रमणमा आएकाहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य राजेश शाक्य, नेत्रबहादुर शाही, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले समेत खादा ओढाएर स्वागत गरेका थिए । 

    उक्त अवसरमा कोषका जनसम्पर्क अधिकृत राईले बुद्ध जन्मस्थलबारेमा पुरातात्विक महत्व र ऐतिहासिक प्रमाणबारे जानकारी गराए । टोलीले मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । उक्त अवसरमा भिक्षुहरुले समेत बुुद्ध जन्मस्थल आएका चिनियाँ धर्मगुुरु सहितको तीर्थयात्रीहरुको स्वागत गर्दै बन्दना गरेका थिए । इन्टरनेशनल बुद्धिष्ट सेन्टरले कपिलवस्तुमा विश्वकै अग्लो बुद्धको प्रतिमा बनाउने अभियान अन्तर्गत उक्त टोलीले लुम्बिनी भ्रमण गरेको हो ।