२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

शुक्रवार , चैत्र ३, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ३ चैत । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

    शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् ।

    बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।