२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

संसद् भवनमा प्रधानमन्त्री, देउवा र माधव नेपालबीच वार्ता

शुक्रवार , चैत्र ३, २०७९

काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ । उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन् ।