images

आइतवार, बैशाख १६ गते २०८१

कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई ई–९ भिषा प्रदान गर्ने तयारी

कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई ई–९ भिषा प्रदान गर्ने तयारी

images
images
images
आइतवार, पौष १९ २०७७
आइतवार, पौष १९ २०७७
  • कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई ई–९ भिषा प्रदान गर्ने तयारी

    सिओल, १९ पुस ।

    दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई–९ भिषा उपलब्ध गराउने गरी तयारी थालेको छ ।  यहाँ अध्ययनरत  विज्ञान र ईञ्जिनियरिङ विषयमा स्नातकप्राप्त विदेशी विद्यार्थीलाई उक्त भिषा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्घृत गर्दै प्रवासी श्रमिक युनियनले जनाएको छ ।

    यहाँको  रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको उक्त अवधारणका विषयमा कानुन मन्त्रालयसंगको समन्वयमा यो वर्ष भित्र नयाँ कानुन ल्याई कार्यान्वयनमा ल्याउने गरी काम सुरु भएको बताइएको छ ।

    तोकिएको विषयमा चार वर्षसम्म कोरियामा अध्ययन गरी अन्डर ग्रयाजुयट विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले उक्त कानुन आउन लागेको हुन सक्ने युनियनका अध्यक्ष उदय राईले बताए ।

    सरकारले यसरी प्रदान गर्ने ई–९ भिषा यहाँको श्रम तथा रोजगार मन्त्रालयले प्रदान गर्नेछ । तर उनीहरुलाई के कति समयको भिषा प्रदान गर्ने वा दक्षता हेरेर थप भिषा प्रदान गर्ने भन्ने विषय कानुन मन्त्रालयले निर्णय गर्ने राईको भनाइ छ ।

    तत्काललाई उक्त विषय अवधारणाको रुपमा मात्र आएकाले यहाँको रोजगार तथा श्रम र कानुन मन्त्रालयले संयुक्त रुपमा सर्वेक्षण गरिसकेपछि मात्र निर्णय आउने बताईएको छ ।

    हाल कोरिया सरकारले एचआरडी कोरिया मार्फत ईपियस भाषा परीक्षा गराई विश्वका १६ देशबाट ल्याउने गरेका श्रमिकलाई पनि ई–९ भिषा प्रदान गर्ने गरेको छ ।

    ईपियस प्रणालीमार्फत ल्याइने श्रमिकलाई उद्योग तथा कृषि क्षेत्रमा निम्नस्तरको काममा लगाइँदै आएको छ । उक्त प्रणालीबाट आएका श्रमिकलाई ४ वर्ष १० महिनाको मात्र कोरिया बसाईको भिषा प्रदान गरिँदै आएको छ ।

    मन्त्रालयको अवधारणभित्र पर्ने विद्यार्थीको पनि ई–९ भिषा प्राप्त गरिसकेपछि ४ वर्ष १० महिनापछि स्वतः भिषा अवधि समाप्त हुने हो वा अन्य विकल्प दिइन्छ भन्ने विषयमा कानुन बनेपछि मात्र थाहा हुने सरोकारवालाको भनाई छ ।

    तर कोरियामा अध्ययन गरिरहेका नेपाली विद्याथीका अगुवाले भने सरकारको उक्त अवधारणालाई स्वागत गर्न नसकिने बताएका छन् । कोरियामा क्रियाशिल नेपाली विद्यार्थीको संस्था (सोनसिक)का पूर्व सभापति विमल सुवेदीले विज्ञान र ईञ्जिनियरिङ विषयमा स्नातक प्राप्त विद्यार्थीलाई श्रमिक (लेबर) भिषा दिइन नहुने बताउँछन्  ।

    उनी थप्छन, ‘विज्ञान तथा इञ्जिनियरिङ विषयमा अण्डर ग्रयाजुएट विद्यार्थी एउटा दक्ष व्यक्ति भएकाले उनिहरुको दक्षतालाई सोही क्षेत्रमा सदुपयोग गर्ने अवसर प्राप्त भइदिए राम्रो हुन्थ्यो ।

    त्यस्तै सोनसिकका सभापति राजाराम श्रेष्ठले आफुले उक्त विषयमा थप बुझ्ने र धारणा बनाउने बताए ।

    कोरियामा करीब १५ सयको संख्यामा स्नातक प्राप्त नेपाली विद्यार्थी रहेको अनुमान छ ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij