२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

अनेरास्ववियुको सिंगो प्यानलमा मतदान गरी विजयी बनाउन भीम भण्डारीको अपील

मंगलवार , फाल्गुण ३०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ३० फागुन ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भीम भण्डारीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ती जारी गदैै भण्डारीले उम्मेदवार मनोनयनको सिलसिलामा भुलवश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न पुगेकाले संगठनसँगको परामर्शमा उक्त उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । भण्डारीले भने, ‘म अनेरास्ववियुको बफादार कार्यकर्ता हुँ । मबाट संगठन हितविरुद्ध कुनै पनि काम हुन सम्भव छैन ।’

    विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थी साथीहरु भ्रममा नपरी यस भैरहवा बहुमुखी क्याम्पसमा सागर न्यौपाने अध्यक्ष रहनुभएको अनेरास्ववियुको सिंगो प्यानलमा मतदान गर्नुभइ विजयी गराउनुहुन अनुरोधसहित आग्रह गर्दछु ।’

    IMG_1298.JPG

    आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।