२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

किसानद्वारा ट्युवेल, पाईप तथा नहरको संरक्षणको माग

मंगलवार , फाल्गुण ३०, २०७९

रुपन्देही, ३० फागुन । 
भैरहवा लुम्बिनी भूमिगत जल परियोजना अन्र्तगतका ट्युवेल, पाईप तथा नहरको संरक्षणका लागि तीनै तहका सरकारसँग माग गरेका छन् । 
लुम्बिनी नलकुप जल उपभोक्ता संघ मुल समितको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनमा बोल्ने वक्ताहरुले भैलुभुज अन्र्तगतका ट्युवेल, पाईप तथा नहरको संरक्षण नहुँदा जीर्ण बन्दै गएको उल्लेख गर्दै संरक्षण तथा विस्तारका लागि सरकारसंग माग गरेका छन् ।

रुपन्देहीको बाँझो जग्गालाई सिचाई गर्दै रुपन्देहीलाई खाद्यान्नको उर्भरभूमिको रुपमा विकास गर्न ४० वर्ष अगाडि भैलुभुज परियोजना स्थापना गरिएको थियो । 

रुपन्देहीका खेतलाई सिचाई गरी खाद्यान्न उत्पादनमा वृद्धि गर्नका लागि भैलुभुजले रुपन्देहीका विभिन्न स्थानमा १६९ वटा डीप ड्युवेल जडान गरेको थियो । त्यसमध्ये अहिले १ २५ बटा मात्र सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका ट्युवेल पनि कतिबेला बिग्रने हुन भन्ने चिन्तामा किसानहरु रहेका छन् । 

कार्यक्रममा किसानहरु तेजप्रसाद खरेल, चन्द्र बहादुर जिसी, श्याम खरेल, रोमलाल पाण्डेय, नवलराज शर्मा, प्रदिपकुमार चौधरी, जंगबहादुर पाईजा, विजय शर्मा लगायतले बोल्दै भैलुभुजले निर्माण गरेका संरचनाको संरक्षण र प्रबद्र्धनमा जोड दिन माग गर्दै नपुगेको ठाँउमा पु¥याउन माग गरेका छन् । 

सो अवसरमा बोल्दै नलकुप मुल समितिका अध्यक्ष थानेश्वर घिमिरेले किसानको हितका लागि भैलुभुज परियोजनाले महत्वपुर्ण टेवा पुर्याएको बताए । उनले भत्किएका नहर, पाईप र पम्पको संरक्षणका लागि तीनै तहका सरकारले आबश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।  

भैरहवा लुम्बिनी भुमिगत जल परियोजना सिचाई व्यवस्थापन कार्यालयका प्रमुख दिपेन्द्र लौडारीले संरचना जोगाउनका लागि उपभोक्ता अझै बढी चनाखो हुनुपर्नेमा जोड दिए ।  

परियोजना पूर्ण रुपमा सञ्चालन गर्नका लागि डेढ अर्ब बजेटको आबश्यकता रहेको बताउँदै त्यो अहिले तत्काल सम्भव नभएकाले उपभोक्ता चनाखो

भएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । 
अधिवेशनले दल बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रदत्त पौडेल, महासचिवमा अबध बिहारी दुवे, उपमहासचिवमा शर्मिला यादव र कोषाध्यक्षमा गणेश गौतम निर्वाचित भएका छन् । बाँकी रहेका सदस्यलाई क्षेत्रीय समितिको सिफारिसमा मनोनित गरिने प्रावधान रहेको निर्वाचन समितिले जनाएको छ ।