२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

पुर्व माओवादी पृष्ठभुमिका सांसद न्यौपाने ओली गुटमा 

शनिवार , पौष १८, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल। लुम्बिनी प्रदेश सांसदका दधिराम न्यौपाने केपि शर्मा ओली गुटमा लागेका छन्। प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित न्यौपाने धार परिवर्तन गरेर ओली गुटमा लागेका हुन्। 

    प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारको सिफारिषमा राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघटन गरेपछि संघिय सरकार र केपि ओलीको कडा आलोचना गर्दै आएका न्यौपाने अन्तत केपि ओली गुटमा लागेका छन्। 

    पुर्व माओवादी पृष्ठभुमिका न्यौपाने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल गुटको आयोजनामा भएका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आएका न्यौपाने गुट परिवर्तन गरी ओली गुटमा गएपछि नेकपा भित्र राजनीतिक तरङ उत्पन्न भएको छ। शुत्रकार रुपन्देहीको मणिग्राममा भएको ओली गुटको भेलामा सहभागि भएर सम्बोधन गरेका छन्। उनीसंगै माओवादी नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार  अनुप बराल पनि केपि ओली गुटमा लागेका छन्। 

    उनी ओली गुटमा जानु र माधवकुमार नेपाल समुहका सांसदहरु कतै पनि खुल्न नसकेपछि तत्कालका लागि लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना टरेर गएको छ। प्रदेशसभामा नेकपाका ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन्। अहिले सांसद् न्यौपाने ओलितिर लागेपछि वर्तमान पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ। 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनलाई मन्त्री बनाउने सहमतिमा उनी ओली गुटमा गएको समाचार श्रोतको दावि छ।उनी प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति रहेका छन्। न्यौपानेले आफू सरकार पक्षतिर लागेको स्वीकार गरे । मुख्यमन्त्री पोखरेल पद जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियानमा छन्।