२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार भण्डारी भन्छन्– ‘विद्यार्थीको चाहनाअनुसार अघि बढे’

सोमवार , फाल्गुण २९, २०७९

भैरहवा, २९ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भैरहवा बहुमुखी क्याम्पसमा सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका भीम भण्डारीले विद्यार्थीहरुको चाहनाअनुसार नै आफू अघि बढेको बताएका छन् । हाल स्नातकोत्तर तह अन्तर्गत व्यवस्थापन संकाय (एमबीएम) तेस्रो सेमेष्टरमा अध्ययनरत भण्डारीले भने, ‘धेरै विद्यार्थीहरुको चाहना थियो, म स्ववियुमा आउनुपर्छ । त्यसैले उम्मेदवारी दिएको हुँ । सबै विद्यार्थीहरुबाट साथ र सहयोगको अपेक्षा गर्दछु ।’

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हकहितमा निरन्तर लागेको र विद्यार्थीहरुको चाहनाअनुसार सभापतिमा उम्मेदवारी दिएको भण्डारीको भनाइ छ । वि.सं. २०७२ सालदेखि भैरहवा बहुमुखी क्याम्पसमा अध्ययन सुरु गरेका भण्डारीले सोही क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेका थिए ।