
सोमवार , फाल्गुण २९, २०७९
बुटवल, २९ फागुन ।
राउण्ड टेबल नेपालको आयोजनामा पहिलोपटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगिता आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा यही चैत ४ गते आयोजना हुने प्रतियोगितामा ६० वटा स्कुटरमा १२० जना महिलाहरुको सहभागीता हुने छ । कार्यक्रमबाट महिला सशक्तिकरणको गतिलो नतिजा प्रदर्शन गरिने केन्द्रीय अध्यक्ष राहुल अग्रवालले बताए ।
महिला सशक्तिकरणको योगदान दिने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए । कार्यक्रम संयोजक सुमित वझाका अनुसार यो कार्यक्रम ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना हुनेछ । प्रतियोगिताहरु बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अन्मि विन्दुमा पुग्ने उत्कृष्ट ३ सहित सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी सबैलाई टिकटवापतको गिफ्ट ह्याम्पर पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा प्याडलिक्स प्याडले सहयोग गरेको छ भने ध्वनी सप र डेल्टा टायरले समेत सहयोग गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij