२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

स्ववियु निर्वाचन : भैरहवा बहुमुखीमा नेकपा एस निकट अनेरास्ववियू एक्लै भिड्ने

सोमवार , फाल्गुण २९, २०७९

रूपन्देही, २९ फागुन ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन अस्वीकार गर्दै एक्लै चुनावमा भिड्ने भएको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अजय भण्डारीको नेतृत्वमा अनेरास्ववियू चुनाव लड्ने भएको हो ।

आफ्नै शक्तिमा निर्वाचन लड्ने गरी तयारीमा जुटेको अनेरास्ववियू रुपन्देहीका अध्यक्ष छवि भट्टराईले बताए ।  उनले सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन, नेकपा एमाले निकटको अनेरास्ववियु र स्वतन्त्र समेतले गठबन्धनका लागि प्रस्ताव गरे पनि आफुहरुले अस्वीकार गरेको बताए ।

रुपन्देहीको पुरानो क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा नेतृत्व हुत्याउने तयारीका साथ चुनावमा जुटेको उनको दावी छ । अध्यक्षमा अजय भण्डारी, सचिवमा साहित एमत, कोषाध्यक्षमा शिव हरिजन, सदस्यमा बासुदेव यादव र विन्दु सुवेदी चुनावी मैदानमा उत्रेका छन । ‘देशभरीका सम्पूर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट हौऔं’ भन्ने नाराका साथ योपटक स्ववियु निर्वाचनमा होमिएको छ । रुपन्देहीमा अन्य क्याम्पसमा भने गठबन्धन गरेको अध्यक्ष भट्टराईले बताए ।