२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

के हाे H3N2 इन्फूलेन्जा भाइरस (फ्लू) ?

सोमवार , फाल्गुण २९, २०७९

H3N2 इन्फूलेन्जा भाइरस (फ्लू) इन्फूलेन्जा भाइरस यस्तो भाइरस हो जसको मानिसमा संक्रमण भएपछि ज्वरो, रुघा, खोकी, नाकबाट तरल पदार्थ वग्ने, घाटी दुख्ने, थकान महसुस हुने, शरीर दुख्ने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुने र कतिपयलाई आँखामा इन्फेक्सन हुने समेतको लक्षणहरु देखिने गर्दछ । समयमै उपचार नभएमा मानिसको मृत्यु समेत हुने गरेको छ ।

यो भाइरस नयाँ पत्ता लागेको भाइरस भने होइन । सर्वप्रथम ५५ वर्ष पहिले चीन हङकङ्गका केही क्षेत्रहरुमा कोभिड–१९ ले जस्तै महामारी फैलिएको र सो अवस्थामा लगभग १० लाख जना मानिसको मृत्यु भएको थियो भने सो अवस्थामा उक्त भाइरस हङकङ्ग फ्लूबाट परिचित भयो र हाल भारतबाट नेपाल आउने अन्य देशका मानिसमा र सीमा नाकामा बसोबास गर्ने मानिसहरुमा समेत उक्त लक्षणहरु देखा परेको छ । उक्त भाइरसले पुरानो दम, निमोनिया भएका व्यक्तिलाई झन ग्रसित गराउने गर्दछ ।

भारतको स्वास्थ्य सम्बन्धित संस्था Indian Council Of Medical Research (ICMR) ले उक्त लक्षणसहितको H3N2 भाइरस प्रमाणित भएका बिरामीलाई आवश्यक नपरेसम्म एन्टीवायोटिक्स औषधिहरु नचलाउनु भनी विज्ञप्ती जारी गरी सुचित गराएको छ । उक्त अवस्थामा आवश्यक नहुने एन्टीवायोटिक्स चलाएमा नकारात्मक असर समेत पर्न सक्छ । भारतमा रहेका अस्पतालमा उक्त लक्षणसहित भर्ना हुने बिरामीहरुको तथ्यांक हेर्दा ९२% ज्वरो , ८६% खोकी, २७% सास फेर्न ग्राहो १०% लाइ आक्सिजन अवश्याक पर्ने, ७% लाइ I.C.U आवश्यक, १६% लाई छातीमा घरघराहट हुने, १६% लाई निमोनिया र ६% लाई घबराहट हुने समस्या पाइएको छ ।

H3N2 इन्फूलेन्जा भाइरस अत्याधिक संक्रामक छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिन सक्छ । यो संक्रमित व्यक्तिको र्यालको थोपाहरु हावामा फैलिएर कुनै पनि व्यक्तिको नाकको प्वाल वा मुखबाट सजिलै छिर्न सक्छ । त्यसैले आफू संक्रमित भएमा कुनै पनि व्यक्तिसँग कुरा गर्दा उचित दुरी कायम गर्नुपर्छ अनि खोख्दा र आछ्यु गर्दा मखु छोप्नुपर्छ ।

यो संक्रमण भएपछि ४ वर्गका मानिसहरुलाई जोखिम बढी छ । जस्तै सुत्केरी महिला, बच्चाहरु, वृद्धवृद्धा र पुरानो समयदेखि कुनै पनि रोगले ग्रसित मानिसहरु ।

यो संक्रमण नहुनको लागि साबुनपानीले नियमित हात धुने, मास्क र सेनेटाइजरको प्रयोग गर्नुपर्छ । हात नधोइकन अनुहार, नाक, मुख छुनुहुँदैन र सकेसम्म भिडभाडमा जानु हुँदैन । यसको उपचार भनेको आराम गर्ने, धेरै भन्दा धेरै झोलिलो पदार्थ खाने र लक्षण देखिएपछि ४८ घण्टाभित्र चिकित्सकको सल्लाह अनुसार Anti-Viral औषधी प्रयोग गर्ने हो ।

उक्त लक्षणहरु देखा परेका बिरामीहरुले हेरचेक्रयाई तथा लापरवाही नगरिकन चिकित्सकको सम्पर्कमा रही, सरसल्लाह लिएर उपचार तथा जाँच गराएमा मानवीय क्षतिबाट बच्न सकिन्छ ।