
आइतवार , फाल्गुण २८, २०७९
भैरहवा, २८ फागुन ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) ले भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।
क्याम्पस प्रशासनसँग भएको केही नाम, ठेगाना, मोबाइल नम्बर गोप्य रुपमा सार्वजनिक गरिएको र केही विद्यार्थीहरुलाई फर्जी रुपमा भर्ना गरिएकाले आइतबार तालाबन्दी गरिएको नेविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाई समितिका सभापति नवराज अर्यालले बताए । आफूहरु निर्वाचन हुनुपर्ने पक्षमा रहे पनि क्याम्पस प्रशासनको क्रियाकलापका कारण तालाबन्दी गर्नुपरेको लोविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष जैनुद्दिन देवानले बताए ।
उनले भने, ‘क्याम्पस प्रशासनले त्रुटी सच्याउन र सम्पूर्ण विद्यार्थी संगठनलाई समान व्यवहार गर्न माग राख्दै १२ घण्टे अल्टीमेटम दिएका छौं । ’ यसअघि पनि स्ववियु निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइसकिएको देवानले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij