
आइतवार , फाल्गुण २८, २०७९
भैरहवा, २८ फागुन । संघीय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्थाले सरकारसँग माग गरेका छन् ।
शिक्षा पत्रकार समूह लुम्बिनी प्रदेश समन्वय समितिले लुम्बिनी स्थित मायादेवि मन्दिर परिषरमा आयोजना गरेको कार्यक्रममा संघिय शिक्षा ऐन नहुदा शिक्षा क्षेत्र थप समस्यामा परेको बताएका छन् ।
शिक्षा ऐन जारी नहुदा शिक्षाका क्षेत्रमा अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको उल्लेख गर्दै उनीहरुले २०२८ सालमा बनेको शिक्षा ऐन परिमार्जित गर्दै नयाँ शिक्षा ऐन जारी गर्न माग गरेका हुन् ।
उनीहरूले संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
साथै विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरूबारे सघन छलफल गराउन र छलफलबाट प्राप्त सुझावलाई समेटी संघीयताको मर्मअनुरुप संघीय शिक्षा ऐनको मस्यौदालाई संसदबाट पारितका लागि टेबल गर्न माग गरिएको छ ।
लुम्बिनीमा आयोजित कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, गाउँपालिका राष्टिय महासंघ, शिक्षक मासिक, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, शिक्षा पत्रकार समुह, सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ, सक्रिय शिक्षाकर्मी समुह तथा शिक्षा विद्हरुले हस्ताक्षर गर्दै संघिय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका हुन् ।
सो अबसरमा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ता, शिक्षा विद् प्रा.डा. बिद्यानाथ कोईराला, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्ल लगाएतले बोल्दै युग सुहाउदो शिक्षाका लागि तत्काल संघिय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij