
आइतवार , फाल्गुण २८, २०७९
काठमाडौं, २८ फागुन ।
आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि परेका उम्मेदवारमाथि दावी विरोध गर्ने कार्यतालिका छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गरी सक्नुपर्नेछ ।
शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दावी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सो दावी विरोधपछि भोली ५ बजेसम्म छानबीन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij