२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

भैरहवा बहुमुखीमा माओवादी र राप्रपाको विद्यार्थी संगठनबीच तालमेल

शनिवार , फाल्गुण २७, २०७९

भैरहवा, २७ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि भैरहवा बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थीबीच चुनावी तालमेल भएको छ ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले शनिबार संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । अखिल (क्रान्तिकारी)का मनिष ढकालले नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको उक्त संगठनका भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटी सचिव बिनोद घिमिरेले बताए । घिमिरेकाअनुसार सभापतिमा अखिल (क्रान्तिकारी) का मनिष ढकाल, सचिवमा राप्रविसंका सलमान अहमद खान र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का राममिलन बरईले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सदस्यमा प्रतिमा मुराउ, मोइमुद्दीन भाट, राकेश लाल यादव, एलिना सुनार, सुर्यनाथ धोबी, नारायण भट्टराई, विजय कुमार चौधरी, सुनिता रसाइली गरी ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउन अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला अध्यक्ष कपिल चापागाईं, रा.प्र.वि.संका जिल्ला अध्यक्ष मोबिन आलमलगायत विद्यार्थी नेताहरु शनिबार क्याम्पस पुगेका थिए ।

उम्मेदवारी दर्ता गराएपछि सभापतिका उम्मेदवार मनिष ढकालले आफ्नो नेतृत्वको टीम विजयी भए क्याम्पसमा छात्रालाई सुलभ रुपमा सेनेटरी प्याडको व्यवस्था गराउने बताए । त्यस्तै सचिव पदका उम्मेदवार सलमान अहमद खानले क्याम्पसमा बस खरिदमा जोडदार माग गर्ने बताए ।