images

आइतवार, बैशाख १६ गते २०८१

दक्षिण कोरियाले विकास गर्यो प्रतिघण्टा हजार किलोमिटर कुद्ने रेल

दक्षिण कोरियाले विकास गर्यो प्रतिघण्टा हजार किलोमिटर कुद्ने रेल

images
images
images
शनिवार, पौष १८ २०७७
शनिवार, पौष १८ २०७७
  • दक्षिण कोरियाले विकास गर्यो प्रतिघण्टा हजार किलोमिटर कुद्ने रेल

    सिओल, १८ पुस ।
    कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (कोरेल) ले विश्वको सबै भन्दा द्रुत गतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । कोरेलको पछिल्लो रेल संस्करण हाईपरट्युव रेल प्रतिघण्टा १ हजार किलोमिटरका दरले कुद्न सफल भएको संस्थानलाई उद्घृत गर्दै कोरियाली संचार माध्यमले जनाएका छन् ।

    images

    हाईपरट्युव कोरियाको हाईपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाईपरट्युव प्रोजेक्टका लागि सन २०१७ देखि काम सुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणको पहिलो सफलतास्वरुप प्रतिघण्टा ७ सय १४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

    नयाँ घोषणा अनुसार अब पहिला देखिएका सबै फल्टहरु समाधान गरी प्रतिघण्टा एक हजार भन्दा बढिको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको संस्थानको भनाइ छ । कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एसियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको दावी गरिएको छ ।

    युरोपदेखि एसियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८ सयदेखि १ हजार किलोमिटर हुने गर्दछ ।
    संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन २०२२ सम्ममा ट्रयाक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन २०२४सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सिओलबाट बुसान तथा देशमा जुनसुकै स्थानमा ३० मिनेटभित्र पुग्न सकिनेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij