
शुक्रवार , फाल्गुण २६, २०७९
भैरहवा, २६ फागुन ।
श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शेषलाल भर चयन भएका छन् । शुक्रबार विद्यालय व्यवस्थापन समितिकी ज्येष्ठ सदस्य माल्ती पासीको अध्यक्षतामा बसेको बैठकले सदस्यहरुमध्ये भरलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
त्यसअघि अभिभावक भेलाबाट ४ जना सदस्य निर्वाचित भएका थिए । निर्वाचित सदस्यहरुमा कृष्ण कुमार दुवे, शेषलाल भर, नैनामति केवट र माल्ती पासी निर्वाचित भएका थिए । त्यस्तै शुक्रबार बसेको बैठकले विद्यालयको संस्थापक परिवारमध्येबाट शैलेश कुमार पाण्डेय र शिक्षाप्रेमीबाट कमला पासीलाई सर्वसम्मत सदस्यमा मनोनित गरेको प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव रविकान्त उपाध्यायले जानकारी दिए ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा मायादेवी गाउँपालिका–७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेय, शिक्षक प्रतिनिधि दुर्गेश खरबिन्द समेतको उपस्थिति रहेको थियो । रुपन्देहीको मायादेवी गाउँपालिका–७ बनगाईमा अवस्थित श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालय वि.सं. २०४० सालमा स्थापना भएको थियो । विद्यालयमा हाल ३१७ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij