२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै

शुक्रवार , फाल्गुण २६, २०७९

काठमाडौं, २६ फागुन ।
स्वतन्त्र विद्याथी युनियन (स्ववियु) को निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोली अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ ।