
शुक्रवार , फाल्गुण २६, २०७९
भैरहवा, २६ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा तीनवटा विद्यार्थी संगठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउने भएका छन् ।
स्वतन्त्र मधेशी विद्यार्थी युनियनका सचिव विनय मिश्रा, समाजवादी विद्यार्थी युनियनका जिल्ला संयोजक राहुल यादव र जनमत विद्यार्थी संघका जिल्ला संयोजक अशोक यादवले बिहीबार विज्ञप्ती जारी गर्दैै तीन विद्यार्थी संगठन (युनियन) ले निर्वाचनमा संयुक्त रुपमा साझा उम्मेदवारी दिने जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij