images

आइतवार, बैशाख ३० गते २०८१

कोरियामा कन्टेनर वा प्लाष्टिकको घरमा विदेशी श्रमिक राख्न नपाईने  

कोरियामा कन्टेनर वा प्लाष्टिकको घरमा विदेशी श्रमिक राख्न नपाईने  

images
images
images
शुक्रवार, पौष १७ २०७७
शुक्रवार, पौष १७ २०७७
  • कोरियामा कन्टेनर वा प्लाष्टिकको घरमा विदेशी श्रमिक राख्न नपाईने  

    सिओल। दक्षिण कोरियामा कार्यरत  विदेशी श्रमिकलाई कन्टेनर वा प्लास्टिकको घरमा राख्ने रोजगारदाताले अब विदेशी श्रमिक राख्न अनुमति नपाउने भएका छन् । कोरियामा कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकको असुरक्षित बसाँईकाकारण ज्यान गएको पाईएपछि सरकारले सन २०२१ देखि लागु हुनेगरी  उक्त नियम ल्याएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए ।

    images
    images
    images

    कोरियामा कृषि क्षेत्रमा कार्यरत विदेशी श्रमिकलाई भm्याल समेत नभएको  प्लाष्टिकले बेरेर बनाईएको कोठा तथा चर्पि सम्मको व्यवस्था नभएको कन्टेनरमा राखेर चर्को शुल्क समेत लिईँदै आएको भन्दै यहाँ क्रियाशिल मजदुर अधिकारवादी संगठनले आन्दोलन गर्दै आएका थिए ।

    गत वर्ष कोरिया सरकारले लागु गरेको मजदुर निर्देशिकामा रोजगारदाताले विदेशी श्रमिकबाट खाने बस्ने सुविधाबाफत तलवको २० प्रतिशत रकम कटौती गर्न पाउने उल्लेख छ । सोहि नियम बमोजिम यहाँका रोजगारदाताले आधारभुत सुविधासमेत उपलब्ध नभएका बासस्थान उपलब्ध गराएर शुल्क अशुल्ने गरेका कारण आफुहरुले निरन्तर आन्दोलन गर्दै आएकोमा मजदुरको पक्षमा निर्णय आएको राईको भनाई छ ।

    यो नियम लागु भएसँगै अब रोजगारदाताले विदेशी श्रमिक राख्नुपरेमा श्रमिककालागि व्यवस्था गरिएको बासस्थानको फोटो तथा भिडियो सम्बन्धित निकायमा उपलब्ध गराउनुपर्ने बताईएको छ ।

    यस अघि सन २०१८ पनि यहाँको सरकारले  प्रवासी मजदुरको बासस्थान सम्बन्धी कानुनमा हेरफेर गर्दैै एउटै कोठामा १५ जना भन्दा बढि श्रमिक राख्न नपाउने उल्लेख गरेको थियो ।

    हाल परिवर्तित नियममा कार्यस्थलमा प्रवासी वा स्वदेशी श्रमिकको ज्यान गएमा त्यस्तो कम्पनीले ३ वर्षसम्म प्रवासी श्रमिक राख्न नपाउनेगरी कानुनमा परिमार्जन भएको राईले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij