
बिहिवार , फाल्गुण २५, २०७९
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले ५७ बर्षदेखि महिला परिचालिकाको रुपमा कार्यरत दुई जना महिला सहित ३७ जनालाई सम्मान गरेको छ ।
११३ औं अन्तराष्ट्रिय महिला दिवसको अबसर पारेर पालिकाले महिला उद्यमशिलता, महिला शशक्तीकरण तथा महिलालाई तालिमका माध्यमबाट एकिकृत गर्न सफल भएको भन्दै बिना सुवेदी र मिनादेवि ज्ञवालीलाई सम्मान गरेको हो । महिला शक्ति बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक कविता गुरुङलाई पनि सम्मान गरिएको थियो । पालिकाले सो अबसरमा सियारीका ७ वटा वडाका ३५ जना महिलालाई पनि सम्मान गरेको छ ।
एकल महिला, महिला उद्यमी तथा मजदुरी गरेर घरपरिवार चलाउदै आएका महिलालाई उत्साह थप्नका लागि सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन । उनले एकल महिला तथा दिनभर मजदुरी गरेर अधिकांश महिलाले पुरुषहरुसरह काम गर्ने र समाजमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको र यस्ता कार्यलाई निरन्तरता दिने बताईन ।
सियारी गाउँपालिकाको आयोजना तथा महिला शक्ति बिकास केन्द्र नेपालको संयोजनमा भएको कार्यक्रममा बिभिन्न खाले गित, नृत्य, कविता वाचन, खेल लगाएतका कार्यक्रम भएका थिए ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता, शिला पन्थीको स्वागत, गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आथित्यता, प्रमुख प्रशाशसकिय अधिकृत रोमनाथ न्यौपानेको बिशिष्ट आथित्यतामा भएको कार्यक्रमको सञ्चालन श्रृजना सुवेदीले गरेकी थिईन । कार्यक्रममा ५०० बढी महिलाको उत्साह पुर्वक सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घिमिरे तथा प्रमुख प्रशाशकिय अधिकृत न्यौपान, वडा अध्यक्ष श्रीराम यादव, महिला परिचालिका बिना सुवेदी लगाएतले महिलाहरुले पनि पुरुष सरह काम गर्ने गरेको उल्लेख गर्दै कामबाट पछाडि नहट्न आग्रह गरे । उनीहरुले समाज परिवर्तनका लागि महिलाको ठुलो भुमिका रहेको उल्लेख गर्दै हालेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij