
सोमवार , फाल्गुण २२, २०७९
भैरहवा, २२ फागुन ।
सिद्धार्थनगर नगरपालिका–९, भैरहवामा अवस्थित रुपन्देही क्याम्पसले ३२ औं वार्षिकोत्सव मनाएको छ । २०४८ सालमा स्थापना भएको क्याम्पसले शनिबार एक समारोहकाबीच वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराम शर्माले क्याम्पसले अगाडि बढाउन सबैभन्दा बढी दायित्व प्राध्यापकको भएको बतए । उनले प्राध्यापकहरुले अब आफूलाई अपेडट गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, समयअनुकुल अघि बढ्नुपर्छ । क्याम्पसले स्तरोन्नतिका लागि विश्वविद्यालयसँग माग गरेका थप कार्यक्रमहरूमा आफूले पहल र सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले समाजमा आमूल परिवर्तन ल्याउन आवश्यक रहेको बताए । उनले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए । रुपन्देही क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद बस्यालले सबैको प्रयासले क्याम्पस यहाँसम्म आइपुगेको बातए ।
क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले क्याम्पसले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद बस्यालको अध्यक्षता, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाइको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, शिक्षा विकास निर्देशनालय, भैरहवा डिभिजन कार्यलय प्रमुख दिवाकर भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सहायक क्याम्पस प्रमुख मिन प्रसाद शर्माको स्वागत मन्तव्य तथा सह–प्राध्यापक डिल्लीराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, अभिभावक चन्द्रमणि अधिकारी, प्राध्यापक संघ रूपन्देही क्याम्पस इकाई समितिका अध्यक्ष रंगेश वाग्ले, विद्यार्थी सरिता गौतम, विनय दुवे लगायतले बोलेका थिए ।
वार्षिकोत्सव समारोहमा क्याम्पसको मुखपत्र साधना अडक ७ (२०७९) र रूपन्देही क्याम्पस जर्नल भोलुम ३ को विमोचन गरिएको थियो ।
कार्यक्रममा उपप्राध्यापक मन्जु खनाल, छात्रवृत्ति दाताहरू बलराम पन्थ, क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा संचालक समिति सदस्य स्व. मणिराम भट्टराईलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै जग्गादाता स्व. महेश्वर प्रसाद चौधरीका छोरा ओम प्रकाश चौधरी र क्याम्पसमा हेल्थ डेक्स सञ्चालका लागि सहयोग पुर्याएको भन्दै डा. लोकराज खनाल, डा. अनिता शाही तथा डा.सभ्यता गुरुङलाई सम्मान गरिएको थियो ।
त्यस्तै शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै संजिव भण्डारी र रविन कार्कीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा सिटिजन इन्टरनेशनल बैंक लिमिटेडले शैक्षिक सामग्री (पुस्तक) हस्तान्तरण गरेको थियो । बैंकका सेमरा शाखा प्रमुख तथा क्याम्पसका भुतपूर्व विद्यार्थी एकनारायण अर्यालले क्याम्पसको पुस्तकालयका पुस्तक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याब सिद्धार्थनगर–१२ ले शनिबार भैरहवामा एकदिने निःशुल्क स्वास्थ्य परामर्श एवं मधुमेह (सुगर) र रक्तचाप (प्रेसर) परीक्षण शिविर गरेको थियो । रुपन्देही क्याम्पस र केयर प्लस ल्याबको सहकार्यमा आयोजित शिविरमा निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण गरिएको हो ।
रुपन्देही क्याम्पसको ३२ औं वार्षिक उत्सवको अवसर पारेर क्याम्पस परिसरमा आयोजित शिविरमा १ सय जना बढीलाई स्वास्थ्य परामर्श दिनुका साथै सुगर र प्रेसर परीक्षण गरिएको कन्सलटेण्ट प्याथोलोजिष्ट डा. अनिता शाहीले बताइन् ।
वार्षिकोत्सवमा बलराम खगिसरा जेहेन्दार छात्रवृत्तिमा रु. ५० हजार थप भएको, स्व. मणिराम भट्टराईका सुपुत्र लक्ष्मीनारायण भट्टराईले रु. १ लाख र क्याम्पस सञ्चालक समिति सदस्य अभिनव मयुर कसौधन तथा तनु शर्मा कसौधनले रामनारायण धर्मादेवी जेहेन्दार छात्रवृत्तिवापत रु. १ लाख ५ हजार अक्षयकोष स्थापना गर्नुभएको क्याम्पसले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij