२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

लोकतान्त्रिक विद्यार्थी संघद्वारा भैरहवा बहुमुखी क्याम्पसमा संगठन दर्ता

शुक्रवार , फाल्गुण १९, २०७९

भैरहवा, १९ फागुन ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघले भैरहवा बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित स्व.वि.यु. निर्वाचन तालिकाअनुसार बिहीबार संगठन दर्ता गराइएको लोकतान्त्रिक विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस इकाई कार्यसमितिका अध्यक्ष जैनुद्दिन देवानले बताए ।

संगठन दर्ता गराउन अध्यक्ष देवानसहित सचिव रोशन कुमार मिश्रा लगायत विद्यार्थी नेताहरु भैरहवा बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन कार्यालय पुगेका थिए  ।