
बिहिवार , फाल्गुण १८, २०७९
काठमाडौं, १८ फागुन ।
नेकपा (एकीकृत सामाजवादी) ले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमश : चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।
त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयंसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij